जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालीहरुको महान चाड विजय दशमी र शुभदिपावलीको अवसर पारेर रिजन चेयरपर्सन एन (२०२२—२३) की लायन एन्जिला श्रेष्ठको आयोजनामा एक सय जना बालबालिकाको मुख एवं दन्त स्वास्थ्य परीक्षण गरिएको । उनीहरुलाई निःशुल्क टुथ ब्रस र टुथपेष्ट वितरण गरिएको छ ।

डिस्ट्रिक ३२५—एलका गभर्नर मनिश्री बज्राचार्यको प्रमुख आथित्यमा भएको सो निःशुल्क शिविरमा विद्यार्थीहरुलाई टुथब्रसको छनौट, दुईपटक दाँत ब्रस गर्ने तरिका, दाँतको सुरक्षा गर्ने व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

काठमाडौंको सामाखुशीमा अवस्थित संस्कार इङ्लीस स्कुलमा भएको शिविरमा मेची महाकाली बुहारी संयुक्त आवाज काठमाडौं जिल्ला शाखा र समाज डेन्टलको समन्वय एवं हेड्स नेपाल, लाइन क्लव अफ काठमाडौं लुनिभा, लाइन्स क्लव अफ काठमाडौं निर्जला, युनाइटेड भ्वाइस अफ मेची महाकाली बुहारी काठमाडौंले सपोर्ट गरेका थिए ।

सो अवसरमा उपस्थित हेड्स नेपालका अध्यक्ष प्रताप वन्त, संस्कार स्कुलका कार्यकारी निर्देशक विमला गुरुङ, लाइन्स क्लव अफ काठमाडौं लुनिभाका अध्यक्ष समेश खनाल, मेची महाकाली वुहारी संयुक्त आवाज काठमाडौंका पदाधिकारी, लाइन्स क्लव अफ काठमाडौंकी उपाध्यक्ष रेखा थापा, सचिव इशा पौडेल, कोषध्यक्ष चन्द्रा केसी, समाज डेन्टलका प्रदिप नेपाल, डा. रोमिन प्रधानलगायतका टीमबीच शुभकामना आदान प्रदान गरिएको थियो ।



३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
