Logo
|
Wednesday 24th April 2024
Logo

epaper

नेपालमा साउनयता २४ हजार ४९२ जना डेंगुका बिरामी भेटिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा हालसम्म ७७ मध्ये ७६ जिल्लामा डेंगु फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता हालसम्म कुल २४ हजार ४९२ जना डेंगुका बिरामी भेटिएका छन् ।

डेंगुका कारण हालसम्म देशभर २९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा डेंगुको बिरामी पहिलोपटक २०६१ सालमा देखिएका थिए । त्यसपछि डेंगुका बिरामी नेपालमा बर्सेनि देखिँदै आएका छन् ।

मन्त्रालयका अनुसार गत १ साउनयता सबैभन्दा बढी डेंगुका बिरामी बागमती प्रदेशमा देखिएका छन् । यो अवधिमा बागमती प्रदेशमा १९ हजार डेंगुका बिरामी भेटिएका छन् ।

यस्तै, प्रदेश–१ मा ७५३, मधेश प्रदेशमा ३२३, गण्डकी प्रदेशमा ५३७, लुम्बिनी प्रदेशमा २ हजार ८७२, कर्णाली प्रदेशमा २३० र सुदूरपश्चिम प्रदेशमा ७७७ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

डेंगु नियन्त्रणमा सरकार उदासीन भएको सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरूले नै आरोप लगाएका छन् । कांग्रेस महामन्त्री गगन थापा र नेता प्रकाशमान सिंहले डेंगु नियन्त्रण गर्न तत्काल आवश्यक कदम चाल्न विभिन्न माध्यमबाट सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्