
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङले दिनानुदिन फैलिरहेको डेङ्गु नियन्त्रणका लागि संघीय सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाउनुभएको छ ।
उहाँले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै दिनदिनै गठबन्धनको सिट बाँडफाँटमा बालुवाटारमा व्यस्त सरकारका प्रतिनिधिहरु जनताको स्वास्थ्यप्रति विल्कुलै उदासीन हुनु दुर्भाग्य हो भन्नुभयो ।
कोभिडको समयमा केपी ओली नेतृत्वको सरकार हुँदा कोभिड नियन्त्रणबारेमा केपी ओलीलाई आलोचना गर्न नथाक्नेहरु आज डेङ्गु नियन्त्रणमा किन चुक्दैछन् भनी प्रश्न गर्दै उहाँले केपी नेतृत्वको सरकारले नै कोभिडको नियन्त्रण गरेको दाबी गर्नुभयो ।
पूर्वमन्त्री तामाङले भन्नुभयो, “एक व्यक्तिबाट अर्को व्यक्तिमा सिधै सर्ने कोभिड नियन्त्रण त हामीले गर्न सक्यौँ भने आज लामखुट्टेका कारण अप्रत्यक्षरुपमा सर्ने रोगको नियन्त्रणमा सरकार यति धेरै किन उदासीन छ ?”
उहाँले तत्काल डेङ्गु नियन्त्रणसम्बन्धी प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभयो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
