Logo
|
Friday 29th March 2024
Logo

epaper

थप ६३ जनामा कोभिड–१९ संक्रमण, १०३ जना निको



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ६३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ सय ४१ पिसिआर परीक्षणका क्रममा ३० जना र १ हजार ५ सय ९४ एन्टीजेन परिक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३ जना निको भएका छन् । हाल नेपालमा १ हजार ४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्