Logo
|
Thursday 18th April 2024
Logo

epaper

मेडन फर्मास्युटिकल्स कम्पनीको रुघाखोकीको औषधि बालबालिकामा प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनको सुझाव



जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको रुघाखोकीका औषधि बालबालिकामा प्रयोग नगर्न सुझाव दिएको छ ।

गाम्बियामा रुखाखोकीको औषधि सेवन गरेका कारण ६६ जना बच्चाको मृत्यु हुनसक्ने आशंका गर्दै सो सुझाव दिएको हो । भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले चार प्रकारका कफ र कोल्ड सिरप (रुखा(खोकीको औषधि) उत्पादन गर्दै आएको छ । ती औषधि खाँदा गाम्बियामा बच्चाहरुको मृत्यु भएको मिडिया ब्रिफिङको क्रममा डब्ल्यूएचओका प्रमुखले आशंका गर्नुभएको छ ।


डब्ल्यूएचओले सबै देशहरुलाई मेडन फर्मास्युटिकल्स कम्पनीका रुखाखोकीका औषधि प्रयोग नगर्न र जाँच गर्न पनि सुझाव दिएको छ ।


ती औषधिहरुमा डाइथिलिन ग्लाइकोल र एथिलिन ग्लोइकोलको मात्रा नमिलेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्