Logo
|
Saturday 20th April 2024
Logo

epaper

मेडिकल काउन्सिलको विशेष परीक्षाको लागि अनलाइन आवेदन खुल्ला



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको मंसिर ९ र १० गते हुने विशेष परीक्षामा सहभागी हुने विद्यार्थीका लागि आजदेखि अनलाइन आवेदन खुलेको छ। आवेदन कार्तिक २१ गतेसम्म दिन सकिनेछ।

कार्तिक २२ र २३ गते बिलम्ब शुल्कसहित फाराम बुझाउन सकिने र अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबिसै घण्टा खुल्ला हुने काउन्सिलले जनाएको छ।

विशेष परीक्षा इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ।

प्रतिक्रिया दिनुहोस्