Logo
|
Tuesday 6th June 2023
Logo

epaper

मधेस प्रदेशमा कोरोना संक्रमण शून्यमा झर्‍यो



जनस्वास्थ्य सरोकार, जनकपुरधाम । मधेस प्रदेशका जिल्लाहरुमा कोरोना संक्रमण शून्यमा झरेको छ । मधेस प्रदेशको कुनै पनि जिल्लामा एक जना कोरोनाका सक्रिय संक्रमित नभएको मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

मधेस प्रदेशमा भएका कोरोना अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा एक जना पनि कोरोनाका संक्रमित नभएको प्रदेशका स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिनुभएको छ । 

मधेस प्रदेशका जिल्लाहरू कुनै बेला कोरोनाका दृष्टिकोणले हर्ट स्पर्ट बनेको बेलामा अहिले संक्रमण शून्यमा झरेको छ । मधेस प्रदेशका प्रायः जिल्लाहरूमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गरे पनि स्वाबको परीक्षण गर्दा पनि नयाँ संक्रमित फेला नपर्ने गरेको प्रादेशिक प्रयोगशाला जनकपुरधामले जनाएको छ । 

संक्रमणदर शून्यमा झरेपछि सर्वसाधारण निर्धक्क भएका देखिन्छन् । अहिले कोरोनाबाट जोगिनका लागि सर्वसाधारणहरूले मास्क तथा सेनिटाइजरको प्रयोग गर्न छाडेका छन् । 

यसैगरी हाटबजारदेखि विभिन्न अवसरमा लाग्ने मेलामा भीड बढेको छ । संक्रमण नै नभएका कारणले सर्वसाधारणमा आत्मबलको विकास भएको छ । नेपाल भारतको चार ठाउँमा एन्टिजेनको परीक्षण गर्दा कोरोनाका संक्रमित फेला परेको छैनन् ।   

प्रतिक्रिया दिनुहोस्