
जनस्वास्थ्य सरोकार, मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले हेटौँडामा बिहीबार आयोजना गरेको निःशुल्क आँखा शिविरमा ६६ जना पत्रकारले आँखा परिक्षण गराएका छन् ।
विश्व दृष्टि दिवसको अवसरमा महासंघले जिल्लाका पत्रकारहरूलाई लक्षित गरी आँखा शिविरको आयोजना गरेको हो ।
महासंघले हेटौँडा सामुदायिक आँखा अस्पतालको समन्वयमा शिविर सञ्चालन गरेको महासङ्घका अध्यक्ष मणिराज गौतमले बताउनुभयो ।
शिविरमा नेत्र सहायक अफिसर रिना खड्की, नेत्र सहायक मिलन क्षेत्री र आई हेल्थ वर्कर अचला शर्माले परीक्षण गर्नुभएको थियो ।
अधिकांश पत्रकारहरू कम्प्युटरमा बस्ने भएकाले आँखाको समस्या थाहा पाउन महासंघले शिविर सञ्चालन गरेको अध्यक्ष गौतमले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
