Logo
|
Thursday 25th April 2024
Logo

epaper

शताव्दी पुरुष सत्यमोहन जोशीको उपचारका क्रममा निधन



जनस्वास्थ्य सरोकार, काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ । उहाँ १०३ वर्षको हुनुहुन्थ्यो ।

आइतबार बिहान ७ बजेतिर ललितपुरस्थित किष्ट अस्पतालमा उपचारका क्रममा जोशीको निधन भएको हो ।


जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको इमर्जेन्सी (आकस्मिक कक्ष) मा भर्ना गरिएको थियो ।

जोशीको पार्थिव शरीर आज मध्यान्हदेखि दिनभरी महानगरपालिकाको प्रांगणमा राखिने भएको छ । अन्तिम श्रद्धान्जली र राष्ट्रिय सम्मानपछि पार्थिव शरीर पुनः किस्ट अस्पतालमा ल्याइने छ ।
पिता शंकरराज जोशी र माता राजकुमारी जोशीको जेठा छोराको रुपमा उनी १९७७ साल बैशाख ३० गते ललितपुरको बखुम्वहालमा जन्मनुभएको थियो । जोशीले धर्तिमा माइला टेकेको ठीक १०२ वर्ष ६ महिना प्रवेश गरेकै दिन अर्थात २०७९ साल असोज ३० गते आइतबार विहानै धर्ति त्याग्नुभयो ।

अस्पतालको सघन उपचार कक्षमा उपचाररत जोशीको आइतबार विहान निधन भएको अस्पतालका मेडिकल निर्देशक प्रा.डा.सुरज बज्राचार्यले पुष्टि गर्नुभयो ।


जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको इमर्जेन्सी (आकस्मिक कक्ष) मा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार देखिएपछि केहीदिन अघि उहाँलाई अस्पतालको डिलक्स क्याविनमा सारिएको थियो । तर उहाँलाई दिइएको एन्टिबायोटिक्सले काम नगरेपछि फेरि सघन उपचार कक्षमै लगेर थप उपचार थालिएको थियो ।

छातीमा निमोनिया संक्रमण र पिशाव थैलीमा संक्रमण देखिएपछि उहाँको उपचार भइरहेको थियो । असोज ७ गते उहाँलाई अस्पताल भर्ना गर्दा पिसावमा संक्रमण, मुटुको समस्याको साथै डेंगुको संक्रमण देखिएको थियोे ।

रगतको जाँच गर्दा उहाँमा डेंगु संक्रमण पुष्टि भएको थियो । विगत एक सातादेखि जोशीको छातीमा निमोनिया संक्रमण, मुटुको चालमा घटबढ भइरहेका थियो । मरणोपरान्त आफ्नो मृत शरीर किस्ट मेडिकल कलेज शिक्षण अस्पताललाई मेडिकल अध्ययन अध्यापनका लागि दान दिने सार्वजनिक घोषणा गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्