Logo
|
Friday 26th April 2024
Logo

epaper

इबोला भाइरस तीब्र रुपमा फैलिएपछि युगान्डामा लकडाउन



जनस्वास्थ्य सरोकार, काठमाडौं । अफ्रिकी मुलुक युगान्डामा इबोला भाइरसको संक्रमणका कारण लकडाउनको घोषणा गरिएको छ ।

युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार गत सेप्टेम्बर २० मा पहिलो पटक यो प्रकोप देखा परेपछि त्यस यता १९ जनाको मृत्यु भइसकेको हो । महामारी नियन्त्रणका लागि लकडाउन गरिएको युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले बताउनुभएको छ। इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई वटा जिल्लामा लकडाउनको घोषणा गरिएको हो ।

सोही स्थानको यात्रामा प्रतिबन्ध, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यु आदेश समेत जारी गरिएको छ । त्यस्तै, सार्वजनिक स्थानहरू बन्द गरिएका छन् । यसअघि विश्व स्वास्थ्य संगठनले युगाण्डामा इबोला संक्रमण तीब्र रुपमा फैलिएको बताउदै सचेत रहन त्यहाँको सरकारलाई निर्देशन दिएको थियो

मध्य युगान्डाका ३ वटा जिल्लामा संक्रमण दर तीब्र रुपमा बढीरहेकाले सावधानी नअपनाएमा यसले बिकराल रुप लिने डब्ल्यूएचओले चेतावनी समेत दिएको छ । युगान्डामा सन् २०१२ पछि पहिलो पटक इबोलाको प्रकोप फेरी बढेको हो ।

प्रतिक्रिया दिनुहोस्