Logo
|
Thursday 1st December 2022
Logo

epaper

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै



फाइल फोटो

जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज बिहीबार पनि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारबाट ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरेको थियो।

बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ। भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो।

वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्