
जनस्वास्थ्य सरोकार, काठमाडौं । भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका लागि पुनः खुवाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यही कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन आग्रह गर्नुभएको छ ।
‘६ महिनादेखि ५९ महिनासम्मका कुनै बालबालिका भिटामिन ‘ए’ क्याप्लुस र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिका जुकाको औषधि खान छुटेका छन् भने उनीहरुलाई दुई हप्ताभित्र नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिन्छ’, उनले जारी गरेको विज्ञप्ति उल्लेख गरिएको छ ।
सरकारले प्रत्येक वर्षमा दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गर्दछ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
