Logo
|
Wednesday 24th April 2024
Logo

epaper

उम्मेदवारी खारेजीविरुद्ध डा. तोसिमा कार्कीद्धारा सर्बोच्च अदालतमा रिट दायर

आफ्नो उम्मेदवारी कायम गरी अन्तरिम आदेशको माग



जनस्वास्थ्य सरोकार, काठमाडौं । ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा आज रिट दायर गर्नुभएको छ ।

निर्वाचन आयोगले डा. कार्कीको उम्मेदवारी अयोग्य ठहर गर्दै शनिबार खारेज गरेपछि उहाँले सर्बोच्च अदालतमा मुद्धा दायर गर्नुभएको हो । अधिवक्ताहरूका साथ अदालत पुगेर रिट दायर गरिएको रिटमा डा. कार्कीले आफ्नो उम्मेदवारी कायम गरी अन्तरिम आदेश माग गर्नुभएको छ ।

डा. कार्की पेशाले चिकित्सक हुनुहुन्छ । नेपाल मेडिकल काउन्सिलको सदस्यसमेत रहेकी डा. कार्कीले वैठक भत्तासमेत आउने भएकाले लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्थाभित्र पर्ने भन्दै आयोगले उहाँको उम्मेदवारी खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्