Logo
|
Thursday 18th April 2024
Logo

epaper

नेकपा एमालेले चुनावी घोषणा पत्र : ‘स्वस्थ महिनावारी : १५ सय वर्षभरि’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एमालेले घोषणा पत्र सार्वजनिक गरेको हो।
अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गर्नुभयो । एमालेले घोषणा पत्रमा २० ग्यारेन्टीसमेत उल्लेख गरेको छ जुन कुरा पाँच वर्षभित्र पूरा गर्ने प्रतिवद्धता छ।

ती ग्यारेन्टीमध्ये १७ नम्बरमा स्वस्थ महिनावारी : १५ सय वर्षभरि भन्ने कार्यक्रम उल्लेख छ। एमालेले महिलाहरूलाई स्यानेटरी प्याड खरिदका लागि वर्षमा १५ सय रूपैयाँ दिने घोषणा पत्रमा उल्लेख गरेको हो।

यस्तै देशको अर्थतन्त्र पाँच वर्षभित्रमा १०० खर्बको बनाउने एमालेको घोषणा छ। १० हजार लिटर पानी निस्शुल्क दिने, ५० युनिटसम्म बिजुली निस्शुल्क, ५ लाखलाई रोजगारी दिने र न्यूनतम तलब मासिक २५ हजार दिने एमालेको घोषणा पत्रमा उल्लेख छ।

स्वदेशी उत्पादनलाई विदेशमा निर्यात गर्ने, भोकमरी अन्त्य गर्ने, नेपालीलाई मात्र नागरिकता दिने र समृद्धि अधिवेशन गर्ने एमालेको घोषणा पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्