Logo
|
Friday 26th April 2024
Logo

epaper

डाक्टरलाई कुटपिट गरेपछि गोरखा अस्पतालको सेवा प्रभावित, बिरामीहरू धमाधम रिफर



जनस्वास्थ्य सरोकार, गोरखा । नियमित ड्युटीमा रहेका डाक्टरलाई ढोका थुनेर कुटपिट गरेपछि गोरखा अस्पतालको सेवा प्रभावित भएको छ । कात्तिक ६ गते तीन जना युवाहरूले ओपिडीमा चेकजाँच गरिरहेका डाक्टरमाथि कुटपिट गरेका थिए । घटनापछि चिकित्सक अस्पतालमा नियमित रुपमा सहजै काममा फर्किएका छैनन् ।


यस अवधिमा गोरखा अस्पतालबाट ५४ जना बिरामी रिफर भएका छन् । अन्य अवस्थामा खासै रिफर हुने गरेका थिएनन् । चिकित्सक कुटिएपछि अस्पतालले बिरामी भर्ना र उपचार भन्दा रिफर धेरै गरेको छ । भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गरिएको थियो ।


‘चिकित्सकको मनोबल गिरेको छ, सुरक्षा संवेदनशीलता बढेको छ’, उहाँले भन्नुभयो ‘दोषीलाई हदैसम्मको कडा कारबाही हुनुपर्छ भन्ने हाम्रो माग छ ।’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरीकुमार श्रेष्ठले बताउनुभयो ।


डाक्टर कुटपिटमा संलग्न भएका गोरखा नगरपालिका ८ का २८ वर्षीय समिर कुँवर, १९ वर्षीय अनुप बस्नेत, गोनपा ३ का २६ वर्षीय प्रमोदजंग कुँवरलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्