Logo
|
Saturday 20th April 2024
Logo

epaper

देशभर ५९ जनामा कोरोना सङ्क्रमण, २१ जना निको भए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर थप ५९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ६४२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४६ तथा एन्टिजेन विधिबाट १३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २१ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ हजार ९४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्