
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले डीएम/एमसीएच/एनबीएमएस- एसएस शैक्षिक कार्यक्रमहरुको अन्तिम म्याचिङको नतिजा तथा भर्ना सूची प्रकाशन गरेको छ ।
यी कार्यक्रमका लागि असोज ९ गते एकीकृत प्रवेश परीक्षा सञ्चालन गरिएको थियो।
कार्तिक ६ गतेको प्रकाशन गरेको सूचनाअनुसार आज आयोगको कार्यालयमा उपस्थित भई योग्यताक्रममा रहेका उम्मेदवारले छनौट गरेका शैक्षिक कार्यक्रम शिक्षण संस्थाका आधारमा अन्तिम म्याचिङको नतिजा प्रकाशन गरिएको आयोगले जानकारी दिएको छ।
भर्ना सूचीमा परेका उम्मेदवारले तोकिएको शर्त पालना गरी सम्बन्धित विश्वविद्यालय/प्रतिष्ठानमा भोलिदेखि २० गतेसम्म कार्यालय समयभित्र भर्ना हुन आयोगले सूचित गरेको छ। आयोगका अनुसार कक्षा सञ्चालन २१ गतेदेखि हुनेछ।
झुठो विवरण पेश गरेको पाइएमा भर्ना भई अध्ययनरत अवस्थामा भए भर्ना रद्ध हुने चेतावनी आयोगले दिएको छ।

३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
