Logo
|
Friday 29th March 2024
Logo

epaper

कतार फण्ड फर डेभलपमेन्टले नेपाललाई दियो ४ टन स्वास्थ्य सामग्री



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कतार फण्ड फर डेभलपमेन्टले नेपाललाई कोरोनाबाट ग्रस्त बिरामीको उपचारमा सहयोग पुर्याउन ४ टन अक्सिजन कन्सन्ट्रेटर र एक सय ६४ किलो रेम्डिसिभिर प्रदान गरेको छ ।

बिहीबार सरकारका तर्फबाट कतार राजदूतावासका प्रथम सेक्रेटरी खालिद अब्दुल्लाह अल(इब्राहिमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप अधिकारी ओंम प्रसाद उपाध्याय र फार्मेसी अफिसर मिस समीक्षा थापालाई हस्तान्तरण गर्नु भएको हो।

कतार सरकार तथा कतार फण्ड फर डेभलपमेन्टले यो सहयोगले नेपालको स्वास्थ्य उपचारको क्षेत्रमा कोभिड(१९ जस्तो महामारीसँग लड्न सहयोग पुर्याउने विश्वास लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्