Logo
|
Friday 19th April 2024
Logo

epaper

वीर अस्पतालमा एलर्जीको कारण पत्ता लगाउने ‘स्कीन प्रिक टेष्ट’ सुरु



जनस्वास्थ्य सरोकार, काठमाडौं । वीर अस्पतालले एलर्जीको कारण पत्ता लगाउने ‘स्कीन प्रिक टेष्ट’ सेवा सुरु गरेको छ । अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले आइतबारदेखि सेवा सुरु गरिएको जानकारी दिनुभयो ।

स्कीन प्रिक टेष्टबाट सबै खालको एलर्जीको कारण पत्ता लाग्ने वीरका नाक, कान, घाँटी रोग विभाग प्रमुख डा. अनिता जिसीले बताउनुभयो । उहाँले एलर्जी के कारणले भयो भन्ने यस परीक्षणबाट थाहा पाइने र त्यसले उपचारमा सजिलो उल्लेख गर्नुभयो ।

उहाँका अनुसार स्कीन प्रिक टेष्ट सेवामा एक खालको सियोले छालामा घोचेर शरीमा एलर्जी गराउने तत्व पठाइन्छ । सो तत्वले तत्कालै एलर्जीको रियाक्सन देखाउछ । त्यसबाट के कारणले एलर्जी भएको हो भनेर पत्ता लाग्छ ।

हाच्छिउँ आउने, नाक चिलाउने, छालामा बिमिरा आउने, नाक बन्द हुने लक्षण एलर्जीको कारणले पनि हुने गर्छ । ‘एलर्जीको आस्थामा पनि हुन्छ । छाला र पेटमा समेत समस्या हुने भएकाले सबै समस्याको समाधानका लागि हामीले स्कीन प्रिक टेष्ट गर्दछौँ र कारण सहज ढंगले पत्ता लगाउँछौँ,’ डा. जिसीले भन्नुभयो ।

उहाँले सरकारी अस्पतालमा यो सेवा टिचिङ अस्पतालबाहेक अन्त नभएको बताउनुभयो । उहाँले केही निजी अस्पतालमा यो सेवा भएपनि अत्यन्त महङ्गो रहेको उल्लेख गर्नुभयो । ‘हामीले यो सेवा २ हजार रुपैयाँमा दिदैछौँ । बाहिर निजी अस्पतालहरुमा यस्तो सेवा लिनका लागि १० हजार रुपैयाँ सम्म तिर्नुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो ।

प्रमुख कार्यकारी अधिकारी डा। बस्नेतले आम सर्वसाधारणको सहज पहुँच भएको वीर अस्पतालबाट अति विशिष्ट सेवा बढाउने क्रममा यो सेवा थपिएको बताए । उनले यो सेवा सुरु गर्न अहिले जनशक्ति पर्याप्त रहेको समेत बताउनुभयो।

उहाँले वीरमा इएनटीको ओपीडी हप्ताको छ दिन चले पनि अप्रेसनका लागि तीन दिन मात्रै छुट्याइएको र यसले लामो समय पालो नपाउने अवस्था रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्