
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ। केही दिनअघि डेंगुबाट संक्रमित हुनुभएका मन्त्री थापाको बुधबार बिहान निधन भएको हो।
विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले जानकारी दिनुभयो ।
डेंगुबाट संक्रमित थापाको यसअघि काठमाडौंका ह्याम्स लगायतका अस्पतालमा उपचार गरिएको थियो। मंगलबार मात्रै उहाँलाई नोवेल अस्पतालमा भर्ना गरिएको अधिकृत दाहालले जानकारी दिनुभयो ।
मोरङ क्षेत्र नम्बर ३ (१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना हुनुभएको छ ।
उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
