Logo
|
Thursday 25th April 2024
Logo

epaper

डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वाेच्चको आदेश



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सर्वोच्च अदालतले ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारीलाई कायम राख्न आदेश दिएको छ ।

डा. तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको निष्कर्ष निकालेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा प्रतिनिधि सभाकी उम्मेदवार रहनुभएकी डा कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा नदिएको भन्दै आयोगले अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको थियो। मंसिर ४ को निर्वाचनका लागि उनी अयोग्य भएको आयोगको निर्णय पूर्वाग्रही भएको दाबी रिटमा गरिएको थियो।

लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो। निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ। नियमित तलब नपाइने भएपनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलाई निर्वाचन आयोगले लाभको पद भन्दै उहाँको उम्मेदवारी खारेज गरिदिएको थियो। तर, मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध डा. कार्की सर्वोच्च पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्