Logo
|
Thursday 25th April 2024
Logo

epaper

कम्बोडियाका प्रधानमन्त्री हुन सेन कोभिड पोजिटिभ



जनस्वास्थ्य सरोकार । कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री हुन सेनले मंगलबार आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको बताउनुभयो ।

सेन जी –२० शिखर सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बाली पुग्नुभएको थियो । यसअघि कम्बोडियाको नोम पेन्हमा भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको शिखर सम्मेलनमा उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत विश्वका धेरै नेताहरूसँग भेट गर्जुभएको थियो ।

फेसबुकमा एक पोष्ट शेयर गर्दै कम्बोडियाली नेताले सोमबार राति आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको र इन्डोनेसियाका एक डाक्टरले पनि उनी कोभिड–१९ बाट संक्रमित भएको पुष्टि गरेका छन् ।

सेनले आफू कम्बोडिया फर्कन लागेको र जी–२० शिखर सम्मेलन र त्यसपछि बैंककमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन ९एपेक० बैठकमा सहभागी नहुने बताए ।

आइतबार सम्पन्न भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरू (आसियान) शिखर सम्मेलनको आयोजक कम्बोडिया थियो । यहाँ सेनले धेरै नेताहरूलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्