Logo
|
Wednesday 24th April 2024
Logo

epaper

जाडोमा अदुवा चिया पिउनुका फाइदै फाइदा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिसोमा तातो चिया पिउँदा त्यसले शरीलाई न्यानो बनाउँछ । त्यसैले जाडो मौसममा चिया पिउनेको सङ्ख्या बढ्ने गर्छ ।

चिसोमा सादा चियाको सट्टा अदुवा र ल्वाङ राखेर चिया पिउने हो भने शरीरलाई फाइदा गर्छ । यसले शरीरलाई न्यानो पार्नुका साथै विभिन्न रोगबाट बचाउन मद्दत गर्दछ । 

चिकित्सकका अनुसार जाडोमा अदुवा र ल्वाङ हालेको चिया पिउनु लाभदायी हुन्छ । अदुवामा भिटामिन सी को मात्रा धेरै हुन्छ । साथै म्याग्नेसियम र अन्य खनिज पदार्थ धेरै मात्रामा पाइन्छ । अदुवाको जरा स्वास्थ्यको लागि राम्रो मानिन्छ ।  

जाडामो अदुवाको चिया किन पिउने ? 

चियामा अदुवाको प्रयोग गर्नु रुघा तथा खोकी राहतमा धेरै प्रभावकारी हुन्छ । अदुवामा तुल्सीको पात, मह, कागती र ल्वाङ मिसाएर पनि चिया सेवन गर्दा रुघाखोकीबाट मुक्त हुन लाभदायी हुन्छ । 


अदुवाको चिया पिउँदा पाचन शक्ति बलियो हुन्छ । यसको प्रयोगले पेट दुखाई र ग्याससम्बन्धी समस्यालाई कम गर्दछ । जाडो मौसममा अदुवाको चिया वा रस पिउँदा कागती र कालो नुन मिसाउने हो भने पेटको समस्या निराकरण हुन्छ।

तौल कम गर्न चाहने व्यक्तिका लागि अदुवाको पानी र चिया राम्रो हुन्छ । वास्तवमा अदुवामा कार्टिसोल भएको कारण पेटको बोसो र शरीरको अधिक बोसो कम गर्न मद्दत गर्छ । 

अदुवामा एन्टी ब्याक्टेरियल र एन्टी अक्सीडेन्टको गुण हुन्छ । जसले धेरै रोगहरूबाट बच्न मद्धत गर्छ । यसले जाडो मौसममा हुने विभिन्न किसिमको संक्रमण र एलर्जीबाट बचाउँछ । हाड जोड्नीको दुखाईको समस्या भएका व्यक्तिलाई अदुवाले धरै फाइदा गर्दछ । 

अदुवामा रहेको भिटामिन, खनिज र एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो बनाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ। 

तनाबबाट बच्न अदुवाको चिया एकदमै फलदायी हुन्छ । जाडो मौसम र व्यस्त जीवनशैलीमा अदुवा एक सबैभन्दा राम्रो औषधी बन्न सक्छ। 

प्रतिक्रिया दिनुहोस्