Logo
|
Thursday 1st December 2022
Logo

epaper

ललितपुर–३ मा डा. तोसिमा कार्कीको अग्रता कायम, पम्फा भुसाल दोब्बर मतले पछाडी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार डा कार्कीले ५ हजार ८२७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले ४४३३ मत ल्याउँदै पछ्याइरहनुभएको छ ।


यस्तै सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेकपा माओवादीकी उम्मेदवार पम्फा भुसालले डा कार्की भन्दा दोब्बर कम मत ल्याउनुभएको छ । उहाँले २५४१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्