Logo
|
Wednesday 24th April 2024
Logo

epaper

पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा काठमाडौं—४ बाट भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं—४ बाट भारी मतान्तरका साथ बिजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार थापाले २१ हजार ३०२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँको निकटतम प्रतिद्धन्दी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहनुभएका थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गर्नुभएको हो। थापाको क्षेत्रबाट जम्मा ४५ हजार ५ सय ३ मत खसेको थियो ।

थापाको सो क्षेत्रबाट चौथो जित हो । संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित थापा संविधानसभा सदस्य निर्वाचन २०७० मा काठमाडौं — बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो भने प्रतिनिधिसभा सदस्यमा २०७४ मा काठमाडौं—४ बाट निर्वाचित हुनुभएको थियो । यसअघि थापा २०७३ सालमा स्वास्थ्यमन्त्री हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्