देशभर ३९० सक्रिय संक्रमित, थप ५ जनामा संक्रमण पुष्टि

जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२८६ जनाको परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९० जना छ भने पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन्।