Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्य र शिक्षा क्षेत्रबाट सवार्धिक बढी कर तिर्ने नोबेल मेडिकल कलेज सम्मानित 



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये मूलुककै सबैभन्दा बढी आयकार तिर्ने नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल उत्कृष्ट कर दाताका रुपमा सम्मानित भएको छ ।

आर्थिक बर्ष २०७८/७९ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कारदाता बनेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल सम्मानित भएको हो ।

११ औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित एक समारोहबिच नोबेल मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद उपाध्यायलाई माला र खादा लगाएर सम्मानपत्र प्रदान गरिएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार २०७८/७९ मा नोबेल मेडिकल कलेजले १७ करोड आयकर तिरेर स्वास्थ्य र शिक्षा क्षेत्रमा सबै संस्थालाई उछिनेको छ।

विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट करदाता व्यक्ति र संस्थाको नाम सार्वजनिकसँगै सम्मान गर्दै आएको छ।अघिल्लो वर्ष पनि शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्था नोबल मेडिकल कलेज नै थियो । गत वर्ष यस संस्थाले २२ करोड रुपैयाँ आयकर तिरेको थियो ।

प्रतिक्रिया दिनुहोस्