Logo
|
Saturday 20th April 2024
Logo

epaper

परीक्षा शुल्क बढाएको विरोधमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी आन्दोलनमा उत्रिए



जनस्वास्थ्य सरोकार, काठमाडौं । परीक्षा शुल्क बढाएको विरोधमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् ।

मनमोहन मेडिकल कलेज, लिटिल एञ्जल कलेज, निष्ट मेडिकल कलेज लगायतका कलेजले परीक्षा शुल्क बढाएको विरोधमा विद्यार्थीहरू आन्दोलित बनेका हुन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले विभिन्न तहका परीक्षाको शुल्क बढाएको भन्दै उनीहरूले आन्दोलन थालेका हुन् । यसअघि नियमिततर्फ पुनः परीक्षाको परीक्षा शुल्क २ हजार ५०० लिने गरिएको थियो ।

आईओएमले पुनः परीक्षा (सप्लिमेन्ट्री) को शुल्क पूर्व जानकारीबिनै ११ हजार ५०० पुर्याएको विद्यार्थीहरूको आरोप छ । आईओएमले कुनै जानकारीबिनै शुल्क बढाएपछि चिकित्सा शिक्षा संघर्ष अभियानको संयोजनमा आन्दोलन थालिएको हो ।

अभियानमा महासचिव सौगात पाण्डेले परीक्षा शुल्क बढाएको विरोधमा डीनको कार्यालय अगाडि धर्ना दिन थालिएको बताउनुभयो। आफूहरूले शुल्क नबढाउन डीनको कार्यालयलाई जानकारी गराउँदै गराउँदै मागको बेवास्ता गर्दै शुल्क बढाएको उहाँको आरोप छ ।

शुल्क बढाएको विरोधमा विद्यार्थीहरूले आन्दोलन थालेपछि डीनको कार्यालयले शुल्क नबढाएको प्रष्ट पारेको छ । कात्तिक ३० गते डीनको अध्यक्षतामा बसेको सम्बन्धन प्राप्त कलेजहरूका प्रतिनिधिसँगको बैठकले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको परीक्षा फारम शुल्क २ हजार ५०० नै यथावत राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्