जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर—३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की ३१ हजार १ सय ३६ मतसहित विजयी हुनुभएको छ । डा. कार्की पेशाले सर्जन हुनुहुन्छ ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई १८ हजार भन्दा बढी मतले पछि पार्दै डा. कार्की विजयी हुनुभएको हो । एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ मत ल्याउनुभएको छ ।
उर्जामन्त्री एवं नेकपा माओवादीकी उपमहासचिव पम्पा भुसालले ८ हजार ७ सय ६९ मत ल्याई तेस्रो हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हले हालसम्म ५ ठाउँमा विजय प्राप्त गर्न सफल भइसकेको छ जसमा काठमाडौं २ मा सोबिता गौतम, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा बिराजभक्त श्रेष्ठ विजयी भइसक्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
