Logo
|
Thursday 25th April 2024
Logo

epaper

मानिस किन  निद्रामा बरबराउँछन् ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । कतिपय मानिसमा निद्रामा बोल्ने बानी हुन्छ । निन्द्रामा बोलेको कुरा उनीहरूलाई थाहा हुँदैन । यस बानीलाई अंग्रेजीमा सोम्नीलोकी भनिन्छ ।

विज्ञानका अनुसार कुल जनसंख्याको लगभग एक प्रतिशत वयस्कमा निन्द्रामा बोल्ने बानी हुन्छ । यसरी बरबराउने मानिसको अवचेतन मनका कुरा थाहा पाइने हुनाले धेरैलाई बरबराहट सुन्न मजा नै आउँछ भन्ने धारणा छ ।

तर विशेषज्ञ भने निद्रामा बोलेको कुराको कुनै अर्थ नभएको र यसलाई ध्यान दिनु वा विश्लेषण गर्नु बेकार भएको तर्क गर्छन् ।

निद्रामा बोलेको कुराले केही चीजको संकेत गर्ने वा अवचेतन मनको रहस्य खोल्ने भन्ने विषयमा कुनै आँकडा नभेटिने चिकित्सकको तर्क छ ।

निद्रामा बरबराउने मान्छेले आफ्ना सबै रहस्य खोल्छन् भनी सोच्नु मूर्खता भएको चिकित्सकहरु बताउँछन् । बरु यसले पर्याप्त निद्रा नपुगेको चाहिँ संकेत दिन्छ ।

धेरै मानिसलाई तनाव, अवसाद, दिनको थकान, रक्सी सेवन र ज्वरोका कारण पनि निद्रामा बोल्ने बानी लाग्दछ ।

त्यसैले निद्रामा बरबराउने मानिसले यसबाट छुटकारा पाउन पर्याप्त सुत्नु पर्दछ । तर निन्द्रामा बोल्ने बानी कै कारण आत्तिइरहन आवश्यक छैन ।

यस्तो छ कारणहरु

एक शोधले जनाए अनुसार तीन देखि दश वर्षको आधा भन्दा बढी बालबालिका आफ्नो कुरा निद्रामै राख्ने गर्छन् । र , निद्रामै कुरा पूरा गर्छन् ।

जबकी पाँच प्रतिशत ठूला व्यक्तिमात्र निद्रामा बरबराउने गर्छन् । यो समस्या कहिलेकाही वा नियमित रुपमा पनि हुनसक्छ भने पुरुषको तुलनामा महिलाहरु निद्रामा धेरै बरबराउने गर्छन् ।

तनावका कारण पनि बरबराउँछन्

तनावका कारण पनि मानिसहरु निद्रामै बरबराउने गर्छन् । त्यसैले, यो समस्या कम गर्न पनि मस्तिष्कलाई तनावबाट मुक्त राख्न जरुरी छ ।

आरईएम स्लीप विहेवियर डिसअर्डर

सुतेको समयमा बोल्ने, कराउने वा हात खुट्टा चलाउने डिमेन्सिया वा पार्किन्सन्स जस्ता रोगको लक्षण हुने गर्छ । यस्ता रोगलाई ‘आरईएम स्लीप विहेवियर डिसअर्डर’ पनि भन्ने गरिन्छ ।

आरईएम निद्राको त्यो चरण हो जसमा निद्रा वा सपनामा देखेको कुरा हामीलाई साचो लाग्ने गर्छ । र, हामी त्यसप्रति प्रतिक्रिया दिन थाल्छौ । यसबाहेक, विभिन्न औषधीको दुष्प्रभाव, तनाव, मानसिक समस्याका कारण पनि मानिसहरु निद्रामै बरबराउन थाल्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्