देशभर ३४५ जना सक्रिय संक्रमित, ६ जनामा संक्रमण

जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९० जनाको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३४५ जना छन् भने पछिल्लो २४ घण्टामा ३० जना संक्रमणमुक्त भएका छन्।