नेभिगेशन

नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ लाइसेन्स परीक्षा आज

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ डाक्टरहरुको नाम दर्ता (लाइसेन्स) परीक्षा आज हुँदैछ । आजको विशेष परीक्षामा ४५ विधाका ४७९ जना डाक्टर सहभागी हुँदैछन्।

काउन्सिल रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पसको सूचना तथा संचार केन्द्रमा हुनेछ।

उहाँका अनुसार परीक्षा दुई सिफ्टमा हुँदैछ। विहान १० देखि १२ बजेसम्म विभिन्न २० विषयमा विशेषज्ञ हासिल गरेका डाक्टरहरुले परीक्षा दिदैँछन्। दिउसो साढेँ २ बजे देखि साढे ४ बजेसम्म अरु २५ विषयका विज्ञ डाक्टरहरुले परीक्षा दिदैँछन्।

काउन्सिलले हरेक वर्ष तीन पटक विशेषज्ञ डाक्टरको लाइसेन्स परीक्षा लिने गरेको छ। यो परीक्षा पास गरेपछि विशेषज्ञ डाक्टरको उपाधि प्राप्त गर्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट