Logo
|
Saturday 20th April 2024
Logo

epaper

देशभर १० जनामा कोभिड–१९ संक्रमण, ३२७ सक्रिय संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । एक हजार ३८१ वटा नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चौबीस घण्टामा २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ३२७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्