Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

डोल्पामा पहिलो पटक जटिल अप्रेशन



SONY DSC

जनस्वास्थ्य सरोकार, सुर्खेत । रगतको अभावसँगै चिसो ठाउँमा प्रयाप्त उपकरणको व्यवस्था नहुँदा नहुँदै पनि डोल्पा अस्पतालमा जटिल खालको अप्रेशन भएको छ।

पाठेघरको नलीमा बच्चा बसी, नली फुटेर पेट भित्र रगत जमेपछि उक्त समस्याको लागि डोल्पामै पहिलो पटक शल्याक्रिया गरेर सफल भएको डा. अखण्ड उपाध्ययले बताउनुभयो।

रुकुम पश्चिम आठबीसकोट–४ घर भइ डोल्पा सदरमुकाममा दुई वर्ष देखि मजदुरी गर्दै आउनुभएकी कमला विकको सफल अप्रेशन गरिएको हो। यस्तो खालको अप्रेशन तत्काल नगरे आमाको ज्यान जोखिममा पर्ने सम्भावना बढी हुने डा. उपाध्ययको भनाइ छ। एक्सप्लोरेट्रि ल्यापारोटोमिको अप्रेशन डोल्पामा पहिलो पटक भएको उपाध्यायको भनाइ छ।

डा उपाध्ययले भन्नुभयो ‘पेट खोलेर पाठेघर भन्दा बाहिर पाठेघरको नलि कहाँ नेर फुटेको छ ,त्यस्लाई पत्ता लगाइ, त्यो फुटेको भाग मिलाएर पेटमा जम्मा भएको रगत सफा गर्ने कामलाइ एक्सप्लोरेट्रि ल्यापारोटोमी भन्ने गरिन्छ। यो डोल्पामा पहिलो पटक भयो।’

योभन्दा अगाडी डोल्पामा पाठेघर च्यातिएको अप्रेशन सामान्यतया बच्चा जन्माउन अप्रेशन हुदै आएको डाक्टर उपाध्यायले बताएसडक सञ्जालसँग डोल्पा जोडिएपनि अझैँ ठाउँ, ठाउँमा पुलहरु निर्माण नहुँदा आउन र जान समस्य हुँदै आएको छ।

बिरामीलाई तोकिएकै समयमा बाहिर जिल्लामा सिफारिस गरेमा पनि तत्काल सुविधा सम्पन्न अस्पतालमा पुर्याउन मुस्किल हुँदै आएको छ। जुफाल विमानस्थलमा जहाज नियमित नआउने भएकाले पनि बिरामीले भनेको समयमा उपचार पाउन पाउँदैनन्।

पछिल्लो समय चिकित्सकहरुले जोखिम मोलेर शल्यक्रियाका कामहरु गरिरहेको पाइन्छ। रगतको अभावमा समस्य हुँदै आएपनि जिल्ला स्थित सुरक्षाकर्मीको सहयोगमा रगत दिने काम हुँदै आएको डाक्टर उपाध्यायले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्