Logo
|
Friday 19th April 2024
Logo

epaper

काठमाडौं क्यान्सर सेन्टरद्धारा सिद्धार्थ बैँकका कर्मचारीहरुलाई पेटको क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम



जनस्वास्थ्य सरोकार, काठमाडौं । भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले पेट अर्थात आमाशयको क्यान्सरबारे जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ।


काठमाडौँको हात्तीसारमा आयोजित कार्यक्रममा उपत्यका भित्रका सबै सिद्धार्थ बैंकका कर्मचारीहरुलाई पेटको क्यान्सर हुने सम्भावना, लक्षण र बच्ने उपायबारे जानकारी दिइएको हो ।

कार्यक्रममा क्यान्सर रोग विषेशज्ञ डा सुनिल श्रेष्ठले पेटको क्यान्सरका कारण, लक्षण, उपचार र रोकथामका उपायबारे विस्तृतमा जानकारी दिनुभएको थियो ।

त्यस्तै, क्यान्सर रोग विषेशज्ञ डा. लिजा खोशिनले क्यान्सर रोगको प्रारम्भिक अवस्थामा नै पत्ता लागेमा बिरामीको राम्रोसँग उपचार गर्न सकिने र त्यति जोखिम पनि नहुने भएकाले सबै नागरिकले आफ्नो स्वास्थको विशेष ख्याल राख्नु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै पोषणविद डा. रोजिना श्रेष्ठले पेटको क्यान्सर हुने बिरामीले खानपानमा विशेष ध्यान दिनपर्ने बताउनुभयो । कार्यक्रममा एक सय १० जना बैंकका कर्मचारीहरुको उपस्थित रहेका थिए।

पेट अर्थात आमाशयको क्यान्सर नेपालमा सबैभन्दा बढी देखिने क्यान्सर मध्ये पर्दछ। सामान्यतया आमाशयको कोषिकामा गडबड हुनु नै पेटको क्यान्सर हुनु हो। पहिलो र दोस्रो स्टेजमा पेटको क्यान्सरको लक्षण पत्ता लागाउन गाह्रो हुन्छ। धेरैले पेट दुख्दा ग्यास्ट्राइटिस भएको अनुमान गर्छन् र ग्यास्ट्रिकको औषधि प्रयोग गर्छन्।

पेटको क्यान्सर केहीमा वंशाणुगत रुपमै हुने भए पनि अधिकांसमा भने खानपिन र जिवनशैलीका कारण हुने गर्दछ। त्यसैले पेटको क्यान्सरबारे शंका लागे तत्काल चिकित्सककहाँ गएर परीक्षण गराउनु सबैभन्दा उत्तम कुरा हो। रोग निको पार्न धेरै सकस भोग्नुपर्छ तर रोग लाग्न नदिन थोरै सचेत भइदिए पुग्छ।

प्रतिक्रिया दिनुहोस्