
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पाकिस्तानका बालबालिकाका लागि पोलियोविरुद्धको खोप अभियान सञ्चालन गरिएको पाकिस्तान सरकारले जनाएको छ। पाकिस्तानको स्वास्थ्य मन्त्रालयले यस वर्षको तेस्रो पटकको अभियान आइतबारबाट सुरु भएको जनाएको छ ।
यस अभियानबाट कम्तीमा पनि एक करोड ३५ लाख बालबालिकालाई पोलियोका विरुद्धको खोप दिइने पनि पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पाकिस्तानका ३६ जिल्लाका पाँच वर्ष मुनिका एक करोड ३५ लाख बालबालिकालाई सो खोप दिइने जानकारी मन्त्रालयले दिएको छ।
पाकिस्तानका खैबर पाक्थुन्क्वा र पञ्जाव प्रान्तका बालबालिकामा विशेषगरी सो खोप बढी केन्द्रित गरिने पनि जनाइएको छ। पाकिस्तानमा पछिल्ला केही वर्षयता पोलियोका विरामी भेटिन थालेकाले सरकारले यो खोपलाई अभियानका रुपमा देशभरि दिने कार्यक्रमहरु ल्याएको छ।
पाकिस्तानी स्वास्थ्य अधिकारीहरुका अनुसार यहाँ यसवर्षमात्र कम्तीमा पनि २० जनामा पोलियोको प्रकोप देखिएको छ । ती सबैजना खैबर पाक्थुन्क्वा प्रान्तका रहेका छन्। यस खोप अभियानमा एक लाख स्वास्थ्यकर्मीलाई खटाइएको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। रासस
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
