Logo
|
Friday 29th March 2024
Logo

epaper

चिकित्सा शिक्षा : पिजीको एकीकृत प्रवेश परीक्षा पुस २ देखि ४ गतेसम्म हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहमा (पिजी) का शैक्षिक कार्यक्रम अन्तर्गत एकीकृत प्रवेश परीक्षा आगामी पुस २ देखि ४ गतेसम्म सञ्चालन हुने भएको छ ।

चिकित्सा शिक्षा आयोगले मंगलबार सूचना जारी पिजी का विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन हुने जानकारी दिएको हो । परीक्षा सुरु हुने मितिभन्दा पाँच दिन अगावै परीक्षार्थी स्वयमले अनलाइनबाट आ—आफ्नो प्रवेश पत्र प्रिन्ट गर्ने समेत जारी सूचनामा उल्लेख गरिएको छ ।

परीक्षाहरूमा प्रवेश गर्न परीक्षार्थीले नागरिकताको सक्कल प्रमाणपत्र र विदेशी परीक्षार्थीले भने पासपोर्ट र अनलाइन आवेदन पेस गर्दा प्रयोग गरेको सक्कली कागजात ल्याउन सूचनामार्फत जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्