Logo
|
Friday 26th April 2024
Logo

epaper

विश्वभर एड्सविरुद्धको दिवस मनाइँदै, समानता सुनिश्चितता प्राथमिकतामा

नेपालमा पनि विविध कार्यक्रमको आयोजना



जनस्वास्थ्य सरोकार, काठमाडौं । आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस । ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता गरौँ’भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर ३५ औँ विश्व एड्स दिवस मनाइँदै छ ।


सन् १९८१ मा पहिलोपटक एचआईभी संक्रमित फेला परेको थियो । सन् २०२० को अन्त्यसम्ममा ७ करोड ९३ लाखभन्दा बढी एचआईभी संक्रमित भइसकेका छन् । एड्सका कारण हालसम्म ३ करोड व्यक्तिको मृत्यु भएको तथ्यांक छ ।

प्रत्येक वर्ष संयुक्त राष्ट्र संघका विभिन्न एजेन्सीसँगै धेरै देशका सरकारले संयुक्तरूपमा एड्सविरुद्धको दिवस मनाउँदै आएका छन् । मूलतः जनचेतना जगाउँदै एचआइभी संक्रमण न्यूनीकरण गर्ने उद्देश्यका साथ वर्सेनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ ।

यसपालि संक्रमण दर घटाउनुसँगै संक्रमितलाई समानताको सुनिश्चितता गराउन जोड दिने उद्देश्यले विश्वभर विभिन्न कार्यक्रम भइरहेका छन् । दिवसको अवसमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएका छन् ।
सन् १९८८ देखि डिसेम्बर– मा यो दिवस मनाउन थालिएको हो ।


एड्स एक घातक रोग हो, जसको अहिलेसम्म उपचार विधि पत्ता लागेको छैन । असुरक्षित यौन सम्पर्कसँगै रगतको माध्यमबाट सर्ने यो रोगको रोकथामका लागि विश्वभर अनेक प्रयास भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्