Logo
|
Tuesday 21st March 2023
Logo

epaper

प्रतिनिधसभा सदस्यमा निर्वाचित डा. कार्कीद्धारा मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा



जनस्वास्थ्य सरोकार, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिध सभा सदस्यमा निर्वाचित डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिनुभएको छ । डा. कार्कीले आइतबार राजीनामा बुझाउनुभएको काउन्सिलले जनाएको छ ।

निर्वाचन अघि काउन्सिलको सदस्य पद लाभको हो वा होइन भन्ने विषय विवादमा परेको थियो। निर्वाचन आयोगले यही आधारमा उहाँको उम्मेदवारी समेत खारेज गरेको थियो।

तर सर्वोच्च अदालतले डा कार्कीको पक्षमा फैसला गर्दै उम्मेदवारी कायम गरेको थियो। डा कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन जित्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्