Logo
|
Wednesday 24th April 2024
Logo

epaper

नुवाकोटमा निःशुल्क मधुमेह शिविर र औषधि वितरण



जनस्वास्थ्य सरोकार, नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका बानियाँटारमा मधुमेहसम्बन्धि निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरण गरिएको छ ।

धन योगा फाउण्डेशन नेपालको आयोजनामा ‘मधुमेह स्वास्थ्य लाभ २०२२’ अन्तर्गत बानियाटारमा रहेको इन्द्रायणी माध्यमिक विद्यालय परिसरमा मंसिर १७ गते भएको सो शिविरमा मधुमेह सम्बन्धि जनचेतनामूलक कार्यक्रमसमेत गरिएको थियो ।

शिविसरमा मधुमेह, उच्चरक्तचाप, सम्बन्धि निःशुल्क जाँच गरिनुका साथै मधुमेहले आँखा र दाँतमा पार्ने असरबारे ४० वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिलाई चिकित्सकीय परामर्श सेवा उपलब्ध गराइएको थियो ।


शिविरमा डा.किरण ध्वजु, डा.डाइग्नेश अर्याल, डा.सलीना कार्की, डा पूजा अर्याललगायत तिलगंगा आँखा अस्पतालको टिमले सेवा प्रदान गर्नुभएको थियो । सो अवसरमा कक्षा ९ र १० का बालबालिका एवं वडा नम्बर १ र २ का नर्सहरुले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए ।


सो भेगमा मधुमेह सम्बन्धी बिरामी बढदै गइरहेको र नियमित रुपमा स्वास्थ्य जाँचको अवसरमा बञ्चित भएको पाइकाले शिविर र जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको धनयोगा फाउन्डेसनकी अध्यक्ष स्मृति शर्मा तिवारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्