देशभर थप ५ जनामा कोरोना संक्रमण, १४ संक्रमणमुक्त

जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२५ जनाको परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा भने पछिल्लो २४ घण्टामा १४ जना संक्रमणमुक्त भएका छन्।