Logo
|
Thursday 25th April 2024
Logo

epaper

अस्पताल सञ्चालनमा अस्पताल व्यवस्थापकको जिम्मेवारी



‘बिरामीको उपचारमा चिकित्सकहरु पोख्त भएपनि अस्पतालको उचित व्यवस्थापन र लागत न्युनिकरण गरेर राम्रो सेवा जनतासमक्ष कसरी लैजान सकिन्छ भन्ने कुरा हेल्थ केयर म्यानेज्मेन्टले सिकाउँछ ।’

मिलन गुरुङ, प्रमुख कार्यकारी अधिकृत (सिइओ) , उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल


मिलन गुरुङ उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुनुुहुन्छ । उहाँले हेल्थकेयर म्यानेज्मेन्टको क्षेत्रमा काम गरेको दुईदशक बितिसकेको छ । हेल्थकेयर म्यानेज्मेन्टमा मास्टर्स डिग्री गर्नुभएका उहाँ हेल्थकेयर म्यानेज्मेन्टमा पिएचडी गर्दै हुनुहुन्छ । गुरुङले शैक्षिक नेतृत्व (एजुकेस्नल लिडरसिप) मा एमफिल गर्नुभएको छ । यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिमा पनि मास्टर्स गर्नुभएको छ । गुरुङ नेशनल ओपन कलेजका साथै इम्पेरियल बिजनेस कलेजमा व्याच्लर र मास्टर्स डिग्रीका विद्यार्थीहरुलाई हेल्थकेयर म्यानेज्मेन्ट विषय अध्यापन गराउनुहुन्छ । यसै सन्दर्भमा अस्पताल व्यवस्थापनसम्बन्धि गुरुङसँग गरिएको कुराकानीको सारसंक्षेप ।


बिरामी र डाक्टरप्रतिको दूरी बढ्नुमा के कारण देख्नुभएको छ ?

सबैभन्दा ठूलो अन्तर कम्युनिकेसन (सञ्चार) नै हो । बिरामीलाई कुन तरिकाले भर्ना लिइएको छ ? बिरामीको इन्भेष्टिगेसन कसरी भयो ? र बिरामीको उपचार कसरी भइरहेको छ ? भन्नेबारे आफन्तलाई हतपत बताइँदैन । अन्तिम अवस्थामा मात्र भन्ने गरिन्छ । बिरामी मरेमा आफन्तले हुलढंगा नगरोस् भनेर मञ्जुरीनामा कागजमा हस्ताक्षर गर्न लगाइन्छ । यसले बिरामी उसका आफन्त डराउँछन् र शंकाको दृष्टिकोणबाट हेर्न थाल्छन् ।

बिरामी र उसका आफन्तलाई समस्याबारे राम्रोसँग बुझाएमा समस्या आउँदैन ।

अझ न्युरो साइन्समा त न्युरोलोजीकल समस्या भन्नेबित्तिकै डराउँछन् । यस्तो समस्यामा पनि डराउनुपर्दैन । नयाँ प्रविधि र उपचार पद्धतिले अधिकांशको जीवन जोगाएको हुन्छ । यसबारे जागरुक गराउन अब हामी घरघरमा पुग्दैछौं । न्युरोलोजिकल सेवा नभएका प्रत्येक अस्पताल पुगेर चिकित्सकहरुलाई आधारभूत कुरा सिकाउँदै छौं । बिरामीले सम्बन्धित अस्पतालमा नै न्युरोलोजिकलसम्बन्धि आधारभूत उपचार प्राप्त गर्न सकुन् भन्ने हाम्रो उद्देश्य हो । हाम्रो टिम बलियो छ । मुलुकमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छौं । बिरामी अन्यत्र जानु नपरोस् भनेर थप सेवा थप्दैछौं ।

अस्पतालमा हेल्थकेयर म्यानेज्मेन्टको भुमिका के हुन्छ ?


अस्पतालको उचित व्यवस्थान गर्न व्यवस्थापकको खाँचो महसुस गरी सन् २००० मा पोखरा विश्वविद्यालयअन्तर्गत नेशनल ओपन कलेजले हेल्थकेयर म्यानेज्मेन्ट विषयमा अध्ययन अध्यापन शुरु गरेपछि यससँग सम्बन्धित जनशक्ति उत्पादन हुन थालेका छन् । यहाँ अस्पताल व्यवस्थानबारे अध्ययन अध्यापन हुने भएकाले चिकित्सकहरुमासमेत रुचि बढेको पाइन्छ । यसले व्यवस्थापन प्रक्रियालाई दक्ष बनाउन मद्धत मिलेको छ ।

यसरी विगत २२ वर्षदेखि एकत्रित गरेर स्वास्थ्य सेवालाई जनतासम्म सजिलै पुर्याउन हेल्थ केयर व्यवस्थापकहरुले पुलको काम गरिरहेका छन् ।

हस्पिटल व्यवस्थापनका निर्देशकदेखि रिटायर्ड हुन थालेका नर्सहरुलेसमेत हेल्थकेयर म्यानेज्मेन्टको कोर्ष अध्ययन गर्न थाल्नुभएको छ ।


यहाँको जिम्मेवारी बताइदिनुस् न ?


अस्पतालको प्रशासनिक र नियमित कार्यहरुलाई सहजीकरण गरी सफलतापूर्वक अघि बढाउने मेरो असाइन्मेन्ट हो ।

प्रतिक्रिया दिनुहोस्