Logo
|
Friday 19th April 2024
Logo

epaper

बीपी प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. सञ्जीवकुमार शर्मा नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानले शिक्षाध्यक्षमा इन्टर्नल मेडिसिन विभागका प्रा.डा. सञ्जीवकुमार शर्मालाई नियुक्त गरेको छ ।


प्रतिष्ठानको ऐनबमोजिम प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति माननीय स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ्गले प्रा.डा. शर्मालाई पाँच वर्षका लागि नियुक्ति गर्नुभएको हो ।

तत्कालीन शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालको पदावधि गत असोज २६ गते समाप्त भएपछि रिक्त रहेको थियो ।

यस्तै, सञ्चालक परिषद् सदस्यमा स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका प्रा.डा. नीलाम्बर झा तथा माइक्रोबायोलोजी विभागका प्रमुख डा. नारायणराज भट्टराईलाई नियुक्त गरिएको छ ।

त्यस्तैगरी, प्रा.डा. झा तथा डा. भट्टराईलाई सञ्चालक परिषद् सदस्यमा मनोनीत गरिएको छ । उहाँहरुको समयावधि ४ वर्षका लागि हुने प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्