Logo
|
Friday 19th April 2024
Logo

epaper

डा. शेरबहादुर पुन अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित



जनस्वास्थ्य सरोकार, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित एन.आर.एन.ए. ननरेसिडेन्ट नेपाली एशोसिएसनले डा. पुनलाई ११ सय अमेरिकी डलर राशीको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्का २०२२ प्रदान गरेको हो।

बिहीबार माडी भिलेज रिसोर्टको सभाहलमा बामगती प्रदेशसभा सदस्य निर्वाचित ठाकुर प्रसाद ढकाल र माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले डा. पुनलाई पुरस्कारको ताम्रापत्र सहित १ लाख ४० हजार रूपैंयाको चेक हस्तान्तरण गर्नुभयो ।

कोभिड१९ लगायतका प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको विशेष भूमिकाको प्रशंसा गर्दै एशोसिएसनले वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. पुनलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्