Logo
|
Tuesday 16th April 2024
Logo

epaper

चीनको सहरमा दैनिक १ लाख कोभिड संक्रमित थपिँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनको सांघाई नजिकैको ठूलो औद्योगिक प्रान्त झेजियाङ दैनिक करिब एक लाख नयाँ कोभिड संक्रमणसँग लडिरहेको छ ।

यो संख्या आगामी दिनहरूमा दोब्बर हुने अपेक्षा गरिएको प्रान्तीय सरकारले आइतवार जनाएको छ ।

संक्रमण राष्ट्रव्यापी रूपमा रेकर्ड संख्यामा बृद्धि भए पनि चीनले शनिबारदेखि पाँच दिनसम्म मुख्य भूमिमा कसैको पनि कोभिडबाट मृत्यु नभएको चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले जनाएको छ ।

करोडौं नागरिकलाई अथक तालाबन्दीमा राखेको बेइजिले शून्य कोभिड नीतिमा व्यापक परिवर्तन गरेपछि विज्ञहरूले थप सटीक तथ्यांकको लागि आह्वान गरेका छन् ।

राष्ट्रिय स्वास्थ्य आयोगले लक्षणविहीन संक्रमणहरू रिपोर्ट गर्न बन्द गरेपछि यसले केसहरू ट्र्याक गर्न गाह्रो बनाएको बताइएको छ ।

आइतवार आयोगले कोभिडसम्बन्धी दैनिक तथ्यांक रिपोर्ट गर्न बन्द गरेको थियो । आयोगको सट्टा सीडीसीले तथ्यांक प्रकाशित गर्ने भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्