Logo
|
Saturday 4th February 2023
Logo

epaper

चीनको सिचुआन प्रान्तमा कोभिड–१९ का बिरामी बढे



जनस्वास्थ्य सरोकार । चीनको सिचुआन प्रान्तमा कोभिड–१९ का बिरामी बढेका छन् । सिचुआनमा गरिएको सर्वेक्षणमा ६० प्रतिशतभन्दा बढीले कोभिड–१९ को परीक्षण गराउँदा सकारात्मक परिणाम आएको बताएका छन् ।

सरकारी अधिकारीहरूले गरेको अनलाइन सर्वेक्षणमा एक लाख ५८ हजार पाँच सयले भाग लिएका र भाग लिएका र ६३ प्रतिशतले आफ्नो परीक्षणको नतिजा सकारात्मक आएको बताए छन् । सिचुवान प्रान्तको जनसङ्ख्या ८३ लाख छ ।

यसैबीच, सिचुआन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले कोभिडको परीक्षण नगरेका करिब ३० प्रतिशतले आफूलाई ज्वरो आएको र खोकी लागेको बताएकाले वास्तविक सङ्क्रमितको प्रतिशत बढी रहेको बताएको छ । यसै महिनाको प्रारम्भमा कोरोनाभाइरस नियन्त्रणमा सरकारले लचिलो नीति अपनाएपछि बिरामीको सङ्ख्या बढेको हो ।

कोभिडका बिरामी बढेसँगै ज्वरोको औषधि र ‘एन्टिजेन’ परीक्षण ‘किट’ पाउन कठिन भएको शानडोङ र युनान प्रान्तका केही भागमा तिको मूल्य बढेको छ । केही स्थानमा औषधिको अभाव भएको छ । साथै कोरोनाले चीनमा पुनः राष्ट्रव्यापी प्रकोपको रुप लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्