Logo
|
Thursday 25th April 2024
Logo

epaper

९६० जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका एक जना नयाँ संक्रमित थपिएका छन् । योसंगै हाल नेपालमा सक्रिय संक्रमितको संख्या २२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा ९६० जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ ।


ती मध्ये ४१९ जनाको पीसीआर गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो भने ५४१ जनाको एन्टीजेन परीक्षण गर्दा भने कसैमा पनि संक्रमण पुष्टि भएको छैन । यो अवधिमा ८ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्