Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपालगञ्जका २२ हजार बालबालिकालाई दादुरा खोप



जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा २२ हजार बालबालिकालाई दादुरा खोप लगाइएको छ ।

दादुरा-रुबेला खोप अभियान सञ्चालन गरेको एघारौँ दिनसम्म ६ महिनादेखि १५ बर्षसम्मका २२०१० बालबालिकाहरूलाई दादुरा-रुबेला खोप लगाइएको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक खोप फोकल पर्सन जागेश्वर बस्नेतले बताउनुभयो ।

आज पनि नेपालगञ्ज र खजुराका ४७ खोप केन्द्रबाट दादुरा-रुबेला खोप लगाइरहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । नेपालगञ्जका १६ वडामा ३० र खजुराका ८ वडामा १७ खोप केन्द्र सञ्चालन गरिएका छन् ।

पुस १२ गतेदेखि फैलिएको दादुराबाट नेपालगञ्जमा मात्रै हालसम्म १८९ बालबालिका संक्रमित भइसकेका छन् । यी मध्ये १३९ जना निको भएका छन् । ४९ जना होम आइसोलेसनमा छन् । एक जनाको मृत्यु भइसकेको छ । यस्तै खजुरा गाउँपालिकामा ३ र कोहलपुर नगरपालिकामा १ जनामा दादुरा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्