Logo
|
Thursday 25th April 2024
Logo

epaper

सम्यक डायग्नोष्टिक प्रा.लि.को संकलन शाखा बुढानिलकण्ठमा विस्तार

वर्षमा १ लाख व्यक्तिलाई विभिन्न प्याथोलोजी टेष्टहरुको गुणस्तरीय सेवा उपलब्ध गराउन सफल



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालको पहिलो १५१८९ आइएसओ मान्यता प्राप्त सम्यक डायग्नोष्टिक प्रा. लि. ले काठमाडैंको बुढानिलकण्ठमा आफ्नो संकलन शाखा विस्तार गरेको छ । सोमबारदेखि सम्यकले औपचारिक रुपमा सो शाखाबाट सेवा शुरु गरेको हो ।

एक कार्यक्रमबीच वरिष्ठ प्याथोलोजीष्ट एवं सम्यक डाइग्नोष्टिकका अध्यक्ष डा. केयूर गौतमले पानसमा बत्ती बालेर सो शाखाको उद्घाटन गर्नुभयो ।

ललितपुरको जावलखेल चोकमा मुख्य सेन्टर रहेको सम्यक डायग्नोष्टिकले वुढानिकलण्ठ क्षेत्र आसपासका सम्बन्धित बिरामीहरुको सुविधालाई ध्यानमा राखेर संकलन शाखा विस्तार गर्न सफल भएको अध्यक्ष डा. गौतमले बताउनुभयो । यो सँगै सम्यकको सेवा ललितपुरको जावलाखेल, काठमाडौंका मध्यबानेश्वर, भक्तपुरको गठ्ठाघर र बुढानिलकण्ठमा विस्तार भएको छ । बुढानिलकण्ठबाट नमुना संकलन गरेर प्रयोगशालामा पठाउने र मोवाइल तथा अनलाइनको माध्यमबाट सम्बन्धित बिरामीको रिपोर्ट उपलब्ध गराउने डा. गौमले जानकारी गराउनुभयो ।

‘नमुना संकलन गर्दा गुणस्तर कायम राख्नुपर्छ । आइस प्याकको बट्टामा ४ देखि ८ डिग्री सेन्टिग्रेडमा नमुना २ देखि ३ घण्टाभित्र ल्यावभित्र पठाइसक्नुपर्छ ।’—डा. गौतम भन्नुहुन्छ—‘यसप्रति हामी निकै सजग छौ ।’

डा. केयूर विगत ८ वर्षदेखि सम्यक डायग्नोष्टिक प्रा.लि.का कन्सल्ट्यान्ट प्याथोलोजिष्ट एवं संस्थापक अध्यक्ष हुनुहुन्छ । नेपाल मेडिकल कलेजमा लेक्चरर, ग्रान्डी इन्टरनेशनल हस्पिटलको प्याथोलोजी र ल्याबोरेटोरी मेडिसिन विभागको प्रमुख भएर महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै सन् २०१४ मा स्थापना भई सन् २०१५ मा नेपालको पहिलो आईएसओ १५१८९ मान्यता प्राप्त स्टैण्डएलोन ल्याब सञ्चालनमा ल्याउन सफल हुनुभयो । मुलुकमा आईएसओ १५१८९ मान्यता प्राप्त ल्यावको विकास र विस्तार भएमा गुणस्तरीयताको सुनिश्चितता हुने डा. केयूरको मान्यता छ । यसले ल्याव रिपोर्टको गुणस्तरप्रति बिरामीहरुको विश्वास र भरोसा बढ्दै जान्छ ।

डा. केयूर ल्याव गुणस्तरका एउटा अभियन्ता हुनुहुन्छ । सन् २००७ सालदेखि प्याथोलोजी सेवामा समर्पित उहाँ र उहाँको संस्थाले वर्षमा १ लाख व्यक्तिलाई विभिन्न प्याथोलोजी टेष्टहरुमा सेवा दिने गरेको छ ।

नेपालमा इन्ट्रिगेसन वाइ डाइरेक्सनल इन्टरफेज गराउने पहिलो व्यक्ति डा. केयूर गौतम हुनुहुन्छ । अहिले एक दर्जनभन्दा बढी ल्यावहरुले यो सिस्टम अपनाइसकेका छन् । नेपालमा सन् २०१४ मा इम्युनोफ्लोरोसेन्ट जुन मिर्गौलाका बिरामीहरुलाई एएनए र डि.एस.डि.एन.ए. परीक्षण शुरु गर्ने पहिलो व्यक्ति हुनुहुन्छ डा. केयूर । हालसम्म आधा दर्जनजतिले आईएसओ १५१८९ प्रमाण चिन्ह लिइसकेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आईएसओ १५१८९ प्रमाण चिन्ह प्राप्त गर्दा पनि डा. केयूरले कन्सलट्यान्टको भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्