Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा गोकुल पराजुली निर्वाचित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा गोकुल पराजुली निर्वाचित हुनुभएको छ । समाजको पाचौं राष्ट्रिय अधिवेशन पराजुली अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँ २१२ मतसहित निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी रामश्रेष्ठ राय यादवले १८१ मत प्राप्त गर्नुभएको थियो । समाजको वरिष्ठ उपाध्यक्षमा महेश थापा, उपाध्यक्ष महिलातर्फ सबिता निरौला श्रेष्ठ र उपाध्यक्ष गैरसरकारीतर्फ यम लाल भट्टराई विजय हुनुभएको छ ।

त्यस्तै, महासचिवमा नविन किरण भुसाल, सचिव खुल्लातर्फ राम नारायण प्रसाद, सचिव गैरसरकारीतर्फ श्याम सुन्दर झा, कोषाध्यक्षमा धिरेन्द्र कुमार सिंह विजय हुनुभएको छ ।

प्रदेश न १ को सदस्यमा राजेन्द्र पोखरेल निर्विरोध चयन हुनुभएको छ । मधेश प्रदेश सदस्यमा जितेन्द्र प्रसाद सिंह, बाग्मती प्रदेश सदस्यमा मनिल नेपाली, गण्डकी प्रदेश सदस्यमा प्रकाश चन्द्र सुवेदी, लुम्बिनी प्रदेश सदस्यमा मन्जु सुवेदी विजय हुनुभएको छ ।

कर्णाली प्रदेश सदस्यमा हेमन्त चन्द र सुदूरपश्चिम प्रदेश सदस्यमा डम्बर बहादुर देउवा निर्विरोध निर्वाचित हुनुभएको छ । साथै, गैरसरकारी केन्द्रिय सदस्य पुरुषमा प्रकाश चन्द्र लोहनी विजय भएका छन् भने महिलातर्फ उर्मिला कुमारी ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्